संसाक सम्मान २०७९ घोषणा : भद्रकुमारी केसी मुक्तक सम्मान सिर्जना दुवाललाई

संसाक सम्मान २०७९ घोषणा : भद्रकुमारी केसी मुक्तक सम्मान सिर्जना दुवाललाई

काठमाडौं : संसाक मासिकले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाका साहित्यिक सम्मान २०७९ को घोषणा गरेको छ। संसाकले यस वर्ष समीक्षा, काव्य कविता, मुक्तक, नियात्रा, आदि विधाका ५ जना स्रष्टाहरूलाई सम्मान दिने घोषणा गरेको छ।

यस वर्ष विभिन्न विधाका सम्मान पाउने स्रष्टा सर्जकहरूमा संसाक यात्री नियात्रा सम्मान नियात्राकार जय छाङ्छा, भोजपुर, संसाक अनामणि समीक्षा सम्मान डा.भूपहरि पौडेल, भक्तपुर, संसाक भद्रकुमारी केसी मुक्तक सम्मान कवि सिर्जना दुवाल, काभ्रे, संसाक रेमन्त साहित्य सम्मान साहित्यकार घन थापा, स्याङ्जा, संसाक गोपालराज मैयादेवी साहित्य सम्मान कवि भवानीमैया पन्त, नुवाकोट छन्।

कवि साहित्यकार डा. दामोदार पुडासैनी किशोरको संयोजकत्व र कवि पत्रकार यशोदा अधिकारी र मुक्तककार राजेन्द्र घिमिरे सागरको सदस्यमा गठित तीन सदस्यीय स्रष्टा छनोट समितिले सम्मानित स्रष्टाहरू चयन गरेको हो। यी सम्मानहरू संसाकको वार्षिकोत्सवको अवसरमा आगामी भदौ ३ गते स्रष्टाहरूमा समर्पण गरिने छ।

असार १४, २०७९ मंगलबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।