वामदेव गौतमको नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा

वामदेव गौतमको नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा

काठमाडौँ : वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन्। काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। 

साविक नेकपामा अन्तद्र्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

सो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए। 

उनकाअनुसार पार्टी बहुपदीय प्रणाली रहनेछ। केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशसको ईञ्चार्जको जिम्मेवारी बहन गर्नेगरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने गरी व्यवस्था गरिएको पाण्डेले जानकारी दिए। 
 

असार १४, २०७९ मंगलबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।