बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त घिसिङ जोरपाटीबाट पक्राउ

काठमाडौँ : बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। सामेछापको सुनापती गाउँपालिका–४ का ४३ वर्षीय बिनोद लामा भनिने बिनोद घिसिङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पक्राउ गरेको हो।
सीआईबीले उनलाई मंगलबार जोरपाटीबाट पक्राउ गरेको हो। घिसिङले बैंक खातामा पर्याप्त रकम नहुँदा पनि १ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको चेक काटेर दिएका थिए। पछि चेक नसाटिएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनलाई २१ दिन कैद र १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवनाको फैसला सुनाएको थियो। पक्राउ परेका घिसिङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।
असार १४, २०७९ मंगलबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।