नयाँ पार्टी घोषणा गर्दै वामदेव, पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान)

नयाँ पार्टी घोषणा गर्दै वामदेव, पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान)

काठमाडौं : नेकपा एमालेका पूर्व उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन्।

गौतमले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान) नामको पार्टी घोषणा गर्ने कार्यक्रम छ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत बनेका गौतमले अभियानका नामबाट केही दिनअघि भेला गरेका थिए।

गौतमको नयाँ दलको संयोजकमा उनी आफैं र पदाधिकारीमा डिबी कार्की सचिव रहने बताइएको छ। यस्तै अन्य पदाधिकारी नरहने र ६९ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुनेछ।

असार १४, २०७९ मंगलबार ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।