बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाउने दुई महिला पक्राउ

सिरहाः बोक्सी आरोप लगाउँदै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेका छन्।
गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए।
पक्राउ परेका दुवै जना ईलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसूर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक साहले बताए।
असार १४, २०७९ मंगलबार १०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।