भीषण वर्षाले पोखरा, विराटनगरसहित केही विमानस्थल बन्द

भीषण वर्षाले पोखरा, विराटनगरसहित केही विमानस्थल बन्द

काठमाडौंः देशका केही विमानस्थलको हवाइ उडान प्रभावित बनेको छ। भीषण वर्षाका कारण यतिबेला विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ।

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज केही स्थानमा निकै भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ।

असार १४, २०७९ मंगलबार ०९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।