आज राति केही स्थानमा धेरै भीषण वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
यतिबेला कर्णाली र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।
यस्तै राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भीषण तथा एक-दुई स्थानमा धेरै भीषण वर्षाको पनि सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षा हुने सम्भावना छ।
महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
असार १४, २०७९ मंगलबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।