लण्डनमा एक नेपाली एक महिनादेखि बेपत्ता

लण्डनमा एक नेपाली एक महिनादेखि बेपत्ता

काठमाडौंः लण्डनको हेजबाट एक नेपाली एक महिनादेखि बेपत्ता भएका छन्। २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले जनाएको छ।

स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ। उनी पछिल्लो पटक बेलायतको डोबरमा देखिएका थिए।

रिदम लामो समयदेखि लण्डनमा बस्दै आएको बताइएको छ।

असार १४, २०७९ मंगलबार ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।