खेलाडीको सुविधा बढाउने सशस्त्र आइजिपीको बाचा
काठमाडौँ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता’मा नेपाल एपीएफ क्लबका पदक विजेता खेलाडीहरूलाई असार सम्मान गरेका छन्।
अर्यालले विजयी खेलाडीहरूलाई बधाई दिँदै खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी सङ्गठनमा आबद्ध खेलाडीहरूको मनोबल उच्च बनाई राख्न आवश्यक सेवा सुविधाहरू समेत थप गर्दै लैजाने सङ्गठनको योजना रहेको बताए।
उनले प्रतियोगितामा सहभागी खेलाडीहरू, व्यवस्थापक तथा प्रशिक्षकहरूलाई धन्यवाद दिँदै एपीएफ क्लबका खेलाडीहरूले सङ्गठनमा उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए।
नेपाल एथलेटिक्स सङ्घको आयोजनामा काठमाडौँको दशरथ रङ्गशालामा असार १० देखि १२ सम्म सञ्चालन भएको प्रतियोगितामा एपीएफका खेलाडीहरूले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २३ पदक जितेका थिए।
असार १३, २०७९ सोमबार २२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।