प्रहरीले साइकलबाट विभिन्न २९ प्रकारको औषधी बरामद गरेको थियो। साइकल र ट्रकबाट औषधी तस्करी

प्रहरीले साइकलबाट विभिन्न २९ प्रकारको औषधी बरामद गरेको थियो। साइकल र ट्रकबाट औषधी तस्करी

काठमाडौँ  : भारतीय सीमाबाट साइकलबाट औषधी तस्करी भएर नेपाल आउने गरेको खुलेको छ। सशस्त्र प्रहरीको सीमा गस्तीको टोलीले साइकल र ट्रकमा लुकाएर ल्याएको औषधी बरामद गरेको हो।

पर्सा वीरगन्ज गण्डक स्थित वीरगन्ज पथलैया सडक खण्डमा सशस्त्रको १३ नम्बर गणको टोलीले ३१ लाख ३० हजार बराबरको भन्सार छलीका सामान बरामद गरेको थियो।

प्रज्ञापन पत्र विनाको स्टेशनरी, कपडा, पङ्खा, इलेकट्रोनिक्स, ब्याग, साइकलको पार्टससंगै औषधि समेत बरामद गरेको हो।  प्रहरीले ना. ३ ख. ३९५० नम्बरको ट्रकमा सामान फेला पारेको हो।

पर्साको खल्वाटोला सीमा इलाकाको बोर्डर आउटरिच पोस्टले भारतबाट अवैध रूपमा घाँसको बोरामा लुकाएर ल्याएको अवस्थामा १ लाख ६३ हजार बराबरको विभिन्न औषधि समेत बरामद गरेको थियो। तस्करीमा संलग्न भने भागेको दाबी गरिएको छ। प्रहरीले साइकलबाट विभिन्न २९ प्रकारको औषधी बरामद गरेको थियो।

असार १३, २०७९ सोमबार २१:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।