छक्कापञ्जा टिम फुट्यो, जितु नेपालले एक्लै फिल्म बनाउने

काठमाडौँ : सामाजिक विषयवस्तुमा फिल्म बनाएर राम्रै कमाई गरिरहेका छक्कापञ्जा समूह फुटेको छ। कमेडी शोमार्फत दीपाश्री निरौला र जितु नेपालबिच बढेको मनमुटाब मिलनमा नपुग्दा उनी समूहबाट अलग भएर एक्लै फिल्म बनाउने भएका छन्।
मुद्रेको कमेडी क्लब निर्माण गरेका उनको कार्यक्रममा दीपाश्री समेत थिइन्। पछि उनले दीपालाई हटाएर करिश्मा मानन्धरलाई ल्याएका थिए। त्यो बेला नै विवाद भएको थियो। पछि सह कलाकारले साथ छाडेपछि शो बन्द भयो। अहिले नेपाल टेलिभिजनमा दीपासहित सहभागी भएर नयाँ शो बनाइरहेका छन्।
यही समूहका अर्का सदस्य माग्ने बुढाले समेत आफ्नै समूह बनाएर कमेडी शो निर्देशन गरिरहेका छन्। उता दीपा र दीपकराज गिरी नयाँ फिल्म बनाउने तयारीमा कस्सिँदा जितु पनि हास्य प्रधान नयाँ फिल्म बनाउन कस्सिएका छन्।
उनी दीपा र दीपक समूहबाट अलग भए पनि उनले यस अगाडि छक्कापञ्जाको निर्माणमा लगानी गरेकाहरूलाई साथमा लिने भएका छन्। उनलाई सुमन गिरी र निशान बजगाँइले लगानीमा सघाउने लगभग पक्का भएको छ। फिल्मको निर्देशन दिनेश डिसीले गर्ने सहमति भइसकेको छ।
फिल्मको नाम के हुने र कलाकार को-को हुने भन्ने एकिन भइसकेको छैन।
असार १३, २०७९ सोमबार २१:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।