स्मार्ट च्वाईस टेक्नोलोजी र गरिमा बैङ्कबिच सम्झौता

स्मार्ट च्वाईस टेक्नोलोजी र गरिमा बैङ्कबिच सम्झौता

काठमाडौँ : स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एसटिसी) र राष्ट्रिय स्तरको 'ख' वर्गको इजाजत पत्र प्राप्त गरिमा विकास बैङ्क लिमिटेडबिच एससीटी–युपीआई डेबिट कार्ड मार्फत भुक्तानी सेवा प्रदान गर्ने सम्झौता भएको छ।

स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजूँ र गरिमा विकास बैङ्क लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता पछि स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेड र गरिमा विकास बैङ्क लिमिटेडबिच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ। बैङ्कले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ। साथै, एसटिसी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने कम्पनीले जानकारी दिएको छ।

असार १३, २०७९ सोमबार २०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।