जाँदाजाँदै झाँक्रीले भनिन्, ‘रिस उठ्ने गरि सोध्नुस् है’ 

जाँदाजाँदै झाँक्रीले भनिन्, ‘रिस उठ्ने गरि सोध्नुस् है’ 

काठमाडौँ :  रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रीबाट राजीनामा दिन पत्रकार सम्मेलन गरिन्। राजीनामा बुझाउँदै गर्दा उनी भावुक बनिन्। पटक पटक आँसु पुछिरहिन्। 

बिदाइमा मायाको चिनो दिइसकेपछि झाँक्रीलाई मन्तव्य राख्न भनियो। उनले भनिन्, ‘जिम्मेवारी दिनुहुने पार्टी विश्वास गर्ने प्रधानमन्त्री र टिम सहयोग गर्ने मन्त्रालयको टिमप्रति धेरै धन्यवाद दिन चाहन्छु। भन्ने कुरा त धेरै छैन। काम गर्दै जान्छु।’ 

अड्की अड्की बोलिरहेकी झाँक्रीले थपिन्, ‘मलाई टिमवर्कमा विश्वास यति नै भन्छु अरू खास कुरा केही छैन।’ अन्तिममा पालो आयो सञ्चारकर्मीको १–२ वटा प्रश्न आइएपछि झाँक्रीले भनिन्, ‘रिस उठ्ने गरी सोध्नुस् है।’

असार १२, २०७९ आइतबार १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।