जाँदा जाँदै आलेको हतारको प्रेस मिट ‘कुर्सी तानेर बस्नुस.... गर्मी ... यो एसी खोलेन कि क्या यार!’  

जाँदा जाँदै आलेको हतारको प्रेस मिट ‘कुर्सी तानेर बस्नुस.... गर्मी ... यो एसी खोलेन कि क्या यार!’  

काठमाडौ : पार्टी सचिवालयको मन्त्री फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगराउन कमाण्डरी भूमिका खेलेको भनिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले फिर्ता बोलाइएका मन्त्रीहरुको राजीनिनामा दिनेमा पनि अघि देखिए। 

राजीनामा घोषणा गर्न पत्रकार सम्मेलन गरेका आलेको तयारी भने देखिएन। काम के गरे भन्ने फाइल बोकेर आएकाले तयारी त गरेको देखियो। तर मन्त्रालयको सभा हलमा भने उनले वायुसेवा निगमको अस्थायी कि निमित्त सोध्दै केही फाइलहरुमा हस्ताक्षर गरे। 

कार्यक्रम ५ बजे सुरु हुने भनिएपनि समयमा सुरु भएन। साउण्ड सिस्टममा समस्या आयो। आलेले भने, ‘साउण्ड के भयो बोलाउनुस त .... बोलाउनु न बोलाउनु न .... अघि नै रेडि गर्न पर्दैन?’  

उनले नजिकै रहेका व्यक्तिलाई कुसी तानेर बस्न अर्डर दिए, ‘ए हेमन्त त्याँ दुई वटा कुर्सी तानेर याँ बस त ....’ 
बैठक औपचाकि रुपमा सुरु भयो तर आलेका अनौपचारिक छटपटी सकिएन। आलेले भने, ‘हेमन्तलाई याँ बोलाको क्या .... ’ 
‘उता उता नि ....  पर्छ यता बस न ....’  हजुर पनि त्याँ बसौं ..... कुर्सी तान्नु न ..... 
अलि सरौं ..... ’ 
राजनीनामा पत्र वाचन सकिपछि उनले भने, ‘गर्मी ... यो एसी खोलेन कि क्या यार!’  
८ महिना २० दिन मन्त्रालय सम्हालेर आले बाहिरिए।

असार १२, २०७९ आइतबार १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।