कुटाकुटबाट सुरु भएको अनेरास्ववियु (क्रान्तिकारी)को बैठक २७ विभागलाई पूर्णता दिएर सकियो

कुटाकुटबाट सुरु भएको अनेरास्ववियु (क्रान्तिकारी)को बैठक २७ विभागलाई पूर्णता दिएर सकियो

काठमाडौँ : माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को विवाद बैठकमा कुटाकुटसम्म पुगेको भएपनि अन्ततः सबै विभागले पूर्णता पाएको छ। 

असार ५ गतेको तेस्रो केन्द्रीय समितिको बैठक बस्नुअघि विवाद भएको थियो। पदाधिकारी चयनमा असन्तुष्ट विद्यार्थी नेता पवन कार्कीको समूहले हलमा नाराबाजी गरेपछि कुटाकुटको अवस्थामा पुगेको थियो। 

संगठनले कुटाकुट गर्ने आधा दर्जन भन्दा बढी सदस्यलाई निलम्बन गरेको थियो। अनेरास्ववियु (क्रान्तिकारी) ले तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गर्दै यसका लागि प्रदेश इन्चार्ज र प्रमुख तोकेको छ। साथै संगठनका २७ विभागलाई पूर्णता दिइएको छ।
 
संगठनको तेस्रो केन्द्रीय समितिको पूर्ण बैठकले देशभरिका १९ वटा कमान्ड सञ्चालनका लागि इन्चार्ज उपाध्यक्ष रहने र अभियानको प्रमुखमा सचिव र आयोगका प्रमुख, उपप्रमुखबाट गर्ने निर्णय सर्वसम्मत रुपमा पारित गर्ने निर्णय गरेको हो। 

‘बैठकमा संगठनका महासचिव कमरेड दिपेश पुनद्वारा विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियानको ३ महिने कार्ययोजना र संगठन परिचालन कार्यविधि, कार्य सम्पदान मूल्यांकन कार्यविधि, अनुशासनसम्बन्धी आचारसंहिता प्रस्तुत गर्न काम भयो भने आवश्यक संशोधनसहितको कार्ययोजना बैठकले संशोधनसहित पारित गर्ने निर्णय  गरियो’, जारी विज्ञप्तिमा भनिएको छ। स्ववियु निर्वाचनको पनि माग गरेको छ।
 

असार १२, २०७९ आइतबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।