प्रेम आलेले राजीनामा दिने, तीन मन्त्री मौन

प्रेम आलेले राजीनामा दिने, तीन मन्त्री मौन

काठमाडौँ : एकीकृत समाजवादीले सरकारबाट फिर्ता गर्ने निर्णय गरेका चार मन्त्री अटेरी गरेर बसिरहेको अवस्थामा पर्यटन मन्त्री प्रेम आलेले भने पदबाट राजीनामा दिने भएका छन्। उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर मन्त्रीबाट राजीनामा दिने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न गएका छन्।

उनले शनिवारको केन्द्रीय समितिको बैठकमा ४८ घण्टाभित्र मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए। उनले आइतबार बिहानै नेपालसँग भेटेर आफ्नो कारण पार्टीलाई अप्ठ्यारो नपार्ने र आजै राजीनामा दिने बताएको नेपाल निकट स्रोतले जानकारी दियो।

स्वास्थ्य मन्त्री विरोध खतिवडा,सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम मन्त्री किसान श्रेष्ठले राजीनामा दिने या नदिने टुङ्गो लागेको छैन। समाजवादीले जेठ २७ मा पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएर उनीहरूको ठाउँमा नयाँलाई पठाउने निर्णय गरेको थियो।

असार १२, २०७९ आइतबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।