चन्द्रागिरि जङ्गलको भिरमा फसेका अमेरिकी नागरिक सहित तीन जनाको उद्धार

काठमाडौँ : चन्द्रागिरिको जङ्गलमा हराएर भिरमा पुगेका एक अमेरिकी २ भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ। उनीहरू असार ११ गते चन्द्रागिरिको जङ्गलमा हराइरहेको सूचनाको आधारमा खोजीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई भिरमा फसेको अवस्थामा फेला पारेको हो।
प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले अमेरिका पोटोरिको घर हुने वर्ष ३४ को डग्लस रो, भारत चन्डिगढ घर हुने वर्ष ३० को नवप्रित डिलोन र भारत मुम्बई घर हुने वर्ष २९ को माधव गुप्ताको उद्धार गरेको हो।
उद्धारकर्मीहरू आवश्यक टर्च, डोरी, स्ट्रेचर लगायतका सामाग्रीसहितको १० जनाको प्रहरी टोली परिचालन गराई खोजी गर्दा थानकोटबाट करिब ७ किलोमिटरमाथि जङ्गलको थानकोट-चित्लाङ सडक खण्डमा रहेको र हराई रहेका व्यक्तिहरू सडकबाट अन्दाजी सय मिटर तल भिरमा फसेको अवस्थामा फेला परेका थिए।
असार १२, २०७९ आइतबार १४:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।