गौशालामा छतमा लुगा उठाउन जाँदा लडेर महिलाको मृत्यु

गौशालामा छतमा लुगा उठाउन जाँदा लडेर महिलाको मृत्यु

महोत्तरीः गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेकी छिन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गए राति छतमा सुकाएका कपडा लिन गएकी महतोको लडेर घटनास्थलमै मृत्यु भएको थियो।

असार १२, २०७९ आइतबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।