प्रतिनिधि सभाको बैठक: प्रधानमन्त्रीले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने

काठमाडौंः आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले "लोकसेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ असार)” पेश गर्नेछन्।
यस्तै प्रधानमन्त्री देउवाले व्यवस्थापन कार्यअन्तर्गत राष्ट्रिय सभामा उत्पत्ति भएको “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि
विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै “लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार
गरियोस्” भनी अर्को प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसका साथै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले “ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
असार १२, २०७९ आइतबार ०९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।