रविभवनमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

रविभवनमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौंः शनिबार साँझ रविभवनमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। कालीमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा४ख ४१४१ नम्बरको बसमा सोही दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२-०३०प ६५६२ नम्बरको मोटरसाइकल ठोकिएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा५ख ४२७२ नम्बरको अर्को बसमा पुनः ठोकिएको थियो।

हिजो बेलुकी ७ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका- ७ का ३१ वर्षीय राजु दुतराजको उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलंकीमा मध्य राति मृत्यु भएको हो।

दुर्घटनामा संलग्न दुवै बसका चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।

असार १२, २०७९ आइतबार ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।