भरतपुर विमानस्थलको टावरनजिकै आगलागी, उडान अवतरणमा छैन बाधा

भरतपुर विमानस्थलको टावरनजिकै आगलागी, उडान अवतरणमा छैन बाधा

चितवनः भरतपुर विमानस्थलको टावरनजिकै आगलागी भएको छ। आज बिहान पौने ४ बजे आगो लागेको थियो। 

आगो १० मिनेटमै नियन्त्रणमा लिइएको थियो। आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नभएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले बताए।

टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासि आगो लागेको थियो। बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ।

आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाइ छ।

असार १२, २०७९ आइतबार ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।