प्रदेश १, लुम्बिनी र सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ।हाल देशको प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। यस्तै सुदूरपश्चिमका भूभागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
यतिबेला देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ। आज राति प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
असार १२, २०७९ आइतबार ०८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।