अब्दुस मियाँले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–६ बाट उम्मेदवारी दिने

अब्दुस मियाँले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–६ बाट उम्मेदवारी दिने

काठमाडौँ : युवा नेता अब्दुस मियाँले काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। दरबारमार्गस्थित शेर्पा मलको ओपियम रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमकाबीच आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। 

विगतमा विवेकशील साझा पार्टीको युवा संगठनको संयोजक रहेका उनले दल त्याग गरेर स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन्। यद्यपि चुनाव अगाडी या चुनाव पछि पुनः युवाहरूको नयाँ राजनीतिको आकांक्षालाई समेट्ने गरी नयाँ सम्भावना खोजिने उनले बताए। उनको संकेत स्वतन्त्र उम्मेदवार र अन्य युवाहरु समेट्ने तर्फ थियो।  

‘प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरु कानून निर्माताका रूपमा सहभागी हुनुपर्छ भन्ने मेरो उद्देश्य हो’ मियाँले भने, म ‘देशभरका १६५ निर्वाचन क्षेत्रहरुबाटै सक्षम युवहरुलाई उम्मेदवारी दिन आह्वान गर्न चाहन्छु।’ 

मियाँले आफ्नो मुख्य एजेण्डाको रुपमा ‘नेपाललाई शान्ती क्षेत्र बनाउने प्रस्तावलाई अगाडि बढाउन पहल गर्ने, गरिखाने उद्यमशील समाज बनाउनको निम्ति नीतिगत, ब्युरोक्र्याटीक र प्रशासनिक झन्झट लाई हटाउने, ग्लोबल वार्मिङ, यु.बि.आइ , लगायत बिषयलाइ संसदको बहसको बिषय बनाउने’ छन्।

यस्तै सँगसँगै संसद विकास कोषलाइ कनिका छर्ने जस्तो प्राबधानलाइ करेक्सन गर्दै पोलिसी डेडिकेसनको माध्यम बाट सामुदायिक शिक्षालयको पुनःसंरचना गर्दै अगाडि बढाउन भूमिका खेल्ने र सरकारलाइ जनताप्रति थप उत्तरदायी बनाउन संसदलाइ नागरिक सर्वोच्चताको अभ्यास गर्ने थलो बनाउने उनका योजना छन्। नीतिगत तथा राजनीतिक भ्रष्टाचारको सदनबाटै भण्डाफोर गर्ने उनको भनाइ छ। 
 

असार ११, २०७९ शनिबार १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।