मन्त्रीमा नयाँ सांसदको नाम सिफारिस गर्दै एकीकृत समाजवादीका छ सांसदले हस्ताक्षर फिर्ता लिए

मन्त्रीमा नयाँ सांसदको नाम सिफारिस गर्दै एकीकृत समाजवादीका छ सांसदले हस्ताक्षर फिर्ता लिए

काठमाडौँ : पार्टीबाट मन्त्रीका लागि सिफारिस गरिएकाहरूको नाम बदल्ने सर्तमा संसदीय दलको बैठक माग गर्दै हस्ताक्षर गर्ने एकीकृत समाजवादीका १० मध्ये ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन्।

१० मध्ये कृष्णलाल महर्जन, पर्यटनमन्त्री प्रेम आले, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, धनबहादुर बुढा र पुष्पाकुमारी कर्ण कायस्थले हस्ताक्षर फिर्ता लिएका हुन्।

पार्टीको केन्द्रीय कमिटी बैठकमा उनीहरूले मन्त्री बनाउन नयाँ नाम प्रस्ताव गरे। उनीहरूले ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

तर पार्टीले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गरेर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने निर्णय गरेको थियो भने हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो।

उनीहरूले फिर्ता बोलाउने निर्णयको समयसँगै नयाँ प्रस्तावित नाम भूगोल र समावेशी नभएको भन्दै असन्तुष्टि जनाएका थिए। रामकुमारी झाँक्री र विरोध खतिवडा लगायत ४ जनाले भने हस्ताक्षर फिर्ता लिएका छैनन्। मन्त्री फिर्ताको निर्णयले केही सांसद एमाले फर्कने तयारीमा लागेका थिए।

असार ११, २०७९ शनिबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।