स्वयम्भूमा टिपरले ठक्कर दिँदा कलंकी बस्ने मोटरसाइकल चालकको मृत्यु

स्वयम्भूमा टिपरले ठक्कर दिँदा कलंकी बस्ने मोटरसाइकल चालकको मृत्यु

काठमाडौंः स्वयम्भू अन्नपुर्ण चोकमा गए राति टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। गम्भीर घाइते भएका सिन्धुलीको कमलामाई नगरपालिका- ३ घर भई काठमाडौंको कलंकी बस्ने ४२ वर्षीय फणिन्द्रबहादुर कार्कीको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा मृत्यु भएको हो।

वनस्थलीबाट कलंकीतर्फ जाँदै गरेको बा२क ७२९३ नम्बरको टिपरले गए राति पौने २ बजे विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश-०२-०१७प ०९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

टिपरसहित चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ।

असार ११, २०७९ शनिबार १३:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।