एकीकृत समाजवादीको बैठकमा माधव नेपालको सात बुँदे ब्रिफिङ : सार्वजनिक आलोचना गर्नेलाई छुट दिन सकिँदैन

काठमाडौँ : एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले ब्रिफिमा धवकुमार नेपालले ब्रिफिङ गर्दै कम्युनिस्ट पार्टीमा आलोचना र आत्मालोचना सामान्य भए पनि सार्वजनिक स्थानमा आलोचना गर्ने प्रबृत्तीलाई भने छुट दिन नसकिने बताएका छन्।
बैठकमा उनले भने' कम्युनिस्ट पार्टीभित्र आलोचना र आत्मालोचना हुन्छ। सिर्जनात्मक बहसका लागि छलफल, आलोचना र आत्मालोचना जरुरी हुन्छ। तत्कालीन एमालेमा आलोचना र आत्मालोचना गर्न छोडिएको थियो। यसो भन्दैमा सार्वजनिक स्थानमा आलोचना गर्दै हिँड्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन।'
उनले बैठकमा अहिलेको मूल्यवृद्धिले जनताको ढाड सेकेको र भ्रष्टिकरण बढेको भन्दै शनिवार बालुवाटारमा बसेको बैठकमा राज्यले मुनाफा कमाउने होइन, अधिकतम हिसाबले तेलको मूल्य घटाउने कुरा भएको समेत जानकारी दिए।
नेपालको सात बुँदे ब्रिफिङ
१. हामीले तत्कालीन पार्टी एमालेबाट विद्रोह गरेर भदौ १ गतेबाट सबै गतिविधि अगाडि बढाउँदै आएका छौँ। सङ्गठनात्मक हिसाबले सबै बैठकमा पार्टी विधानका सीमा ननाघ्ने गरी बैठक बसिरहेका छौँ। पार्टी भित्र बहस विवाद हुँदैन। कतिपय कमरेडहरूमा बैठक टार्ने प्रवृत्ति रहेको सुन्नमा आएको छ।
२. कम्युनिस्ट पार्टीभित्र आलोचना र आत्मालोचना हुन्छ। सिर्जनात्मक बहसका लागि छलफल, आलोचना र आत्मालोचना जरुरी हुन्छ। तत्कालीन एमालेमा आलोचना र आत्मालोचना गर्न छोडिएको थियो। यसो भन्दैमा सार्वजनिक स्थानमा आलोचना गर्दै हिँड्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन।
३. अब के कार्य योजना लिएर जाने भन्ने कुरा बैठकले निर्देशन दिनेछ। कम्युनिस्ट पार्टीले देशभक्ति, लोकतन्त्रको झन्डा उठाउँदै अधिनायकवाद र विदेशी शक्तिका सामु नझुकेकै कारण नेपालमा कम्युनिस्ट पार्टी देशभक्त पार्टी बनेको हो।
४. कम्युनिस्टभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भयो भने त्यस पार्टीले लोकतन्त्रको झन्डा बोक्यो भनेर मान्न सकिँदैन। लोकतन्त्रको मूल्यमान्यता स्विकार्न हामीलाई जनताको बहुदलीय जनवादले नै निर्देश गरेको छ।
५. एमालेमा आएको अहङ्कारी प्रवृत्तिले गर्दा देशमाथि नै कुठाराघात भयो। अनि समाजवादको कुन नमुनालाई नेपालमा अवलम्बन गर्ने भन्ने विषयमा कहिल्यै छलफल भएन। वैचारिक मन्थन, जनताका एजेन्डालाई बेवास्ता गर्यो।
६. हामी देशभक्ति, लोकतन्त्र र जनजीविकाको कुरा गर्ने पार्टी हौँ। जनतालाई बेवास्ता गर्ने पार्टी हैन।
७. अहिलेको मूल्यवृद्धिले जनताको ढाड सेकेको छ। भ्रष्टिकरण बढ्यो । आज बालुवाटारमा बसेको बैठकमा राज्यले मुनाफा कमाउने होइन, अधिकतम हिसाबले तेलको मूल्य घटाउने कुरा भएको छ।
असार ११, २०७९ शनिबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।