कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी

कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी

काठमाडौंः सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ। आज बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्दै मूल्य घटाउने सहमति गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा कटौती गर्न सरकारलाई निर्देशन दिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज दिउँसो साढे १२ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन्। पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइने बताइएको छ।

असार ११, २०७९ शनिबार १२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।