एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै: निर्वाचनमा गठबन्धन गर्ने/नगर्ने विषयमा छलफल हुने

काठमाडौंः नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्ने तालिका रहेको छ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, सङ्गठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने बताइएको छ।
आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। यस्तै जलवायु परिवर्तन, खाद्य सङ्कट र आर्थिक सङ्कटका विषयमा समेत छलफल गरिने तथा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरिनेछ।
पार्टीका प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई केन्द्रित गरी छलफल गरिने बताए।
असार ११, २०७९ शनिबार ०९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।