शनिबारको मौसम: प्रदेश १ र गण्डकीमा भीषण वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र गण्डकी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ भने सुदूरपश्चिमको भूभागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
यतिबेला लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को एक-दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना छ।
आज राति प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।
असार ११, २०७९ शनिबार ०७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।