बाढीको त्रासले स्थानीयले घर छोडे, मेलम्चीको फट्टेको पुलमा क्षती

सिन्धुपाल्चोकः गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ। गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा यहाँ ह्युमपाइप हालिएको थियो।
अस्थायी पुलमा पनि क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए। यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन्।
यस्तै बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयले घर छोडेर सुरक्षित स्थानमा गएका थिए। राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताइन्।
असार ११, २०७९ शनिबार ०७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।