नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५५ जनामा गरीएको परीक्षणबाट ४३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा नेपालमा १४ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्।
असार १०, २०७९ शुक्रबार १८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।