बरमझिया चोकमा चौपायासँग मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

प्रदेश-१-०२-४४प ६१० नम्बरको मोटरसाइकल हिजो साँझ साढे ७ बजे सडकमा बसिरहेको चौपायासँग ठोकिएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको ना७ख २५२२ नम्बरको टिपरमा ठोकिएको थियो।
गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङको विराटनगरका अन्दजी ५० वर्षीय युवराज खतिवडाको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार मोरङकै विराटनगर उपमहानगरपालिका- १५ का ४७ वर्षीय गौतम महतोको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपरसहित चालकलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ।
असार १०, २०७९ शुक्रबार ०९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।