बुधबार मन्त्रीको सपथ हुन्छ भनेका प्रधानमन्त्री देउवाले बिहीबार रोके

काठमाडौँ : एकीकृत समाजवादीको जेठ २२ गते सचिवालय बैठकले गरेको मन्त्री फिर्ताको निर्णय कार्यान्वयन गर्न बालुवाटारले आलटाल गरेको निश्कर्ष निकालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मन्त्रीहरुको सपथ हुने आश्वासन दिएका थिए।
‘हिजो गएर अध्यक्ष, उपाध्यक्ष र महासचिवले प्रधानमन्त्रीलाई भेटेर यो निर्णय कार्यान्वयन हुदैन भने हामीले पत्रकार सम्मेलन गर्नुपर्छ, मन्त्रीहरुलाई राजीनामा गर्नुस भन्नुपर्ने हुनसक्छ गठबन्धनमा चुनौती प्रस्तुुत गर्नपर्छ भन्ने म्याण्डेड सहित जानुभयो,’ एकीकृत समाजवादीका उमपहासचिव डा गंगालाल तुलाधरले उकेरासँग भने, ‘प्रधानमन्त्रीले भोली (बिहीबार)गर्छु भन्नुभयो। राष्ट्रपतिसँग समय लिनुहोला भोली समपथ ग्रहण हुन्छ भन्नुभयो। अनौठो कुरा के भयो भने बिहान आज होइन भोली (शुक्रबार) हुनेभयो भन्ने खबर आयो। म निर्णय कार्यान्वयन हुन्छ भनेर अब २४ घण्टा कुरिरहेको छु।’
सचिवालय बैठकले गरेको निर्णय मान्न मन्त्रीहरु अनिच्छुक भएपछि त्यसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो। ‘हावाको भरमा गरेको निर्णय हामी मान्न तयार छैनौं मान्न जरुरी छैन, बाटो बाटोमा गरेका निर्णय हामी मान्न तयार छैनौं मान्नुपर्ने छैन भन्ने खालको टिप्पणी आयो रे १ भनेपछि स्थायी कमिटीका दुईजना मन्त्री हुनुहुन्छ, तुलाधरले भने।
एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ, स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ छन्। उनीहरुको ठाउँमा भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन्। त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सिफारिस गरेको थियो।
स्थानीयत तहको निर्वाचनको समीक्षा गर्नुपर्ने बेलमा पार्टी मन्त्री फिर्ता बोलाउने निर्णय कार्यान्वयन गर्न गठबन्धनका नेता फकाउन व्यस्त छ। ‘बेस्सरी अप्ठ्यारो परेका छन्। कसैले कुम बजाइरहेका छन् कसैले स्वावास भनिरहेका छन्। कसैले खुच्चिङ भनिरहेका छन् कसैले समाजवादीमा हुने नै यस्तै हो भनिरहेका छन्।
कहीँ नभएको जात्रा हाँडी गाउँमा भएको छ। पार्टीले निर्णय गर्ने मान्नुपर्नेले नमान्दिएका जस्तो गर्ने भयो। उपमहासचिव डा गंगालला तुलाधारले भने, पार्टीले निर्णय गरिसकेपछि तत्क्षण फिर्ता हुनुपथ्र्यो कुनै पनि अवज्ञा गर्ने बाहनाबाजी गर्नुहुन्नथ्यो। उहाँहरुको कद होचो बनाएको छ।’ संघीय निर्वाचन पछि पन गठबन्धनको सरकार बन्ने भएकाले पार्टीले भोगेको कुरा महशुस गर्न अन्य पार्टीलाई चेतावनी छ। ‘भोली पनि संयुक्त सरकार बन्ने हो। त्यो गठबन्धनमा अहिले हामीलाई जस्तै पीडा कांग्रेसलाई पर्याे भने के हुन्छ? माओवादीलाई के हुन्छ? जसपालाई के हुन्छ? तुलाधरले भने हाम्रो सहयात्री दलबाट पनि हामीलाई चित्त दुखाउने काम भएको छ।’
असार ९, २०७९ बिहीबार १८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।