बैंकिङ कसूर गरी फरार प्रतिवादी खड्का पक्राउ

काठमाडौँ : बैकिंङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-५ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर बस्ने बस्ने २८ वर्षीय अरुण खड्का रहेका छन् ।
रकम नभएको बैंक खाताबाट चेक काटी १० लाख १२ हजार रूपैयाँ बराबरको बैंकिङ कसूर गरी फरार रहेका खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले तिनकुनेबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनबाट बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजू भई फरार रहेका खड्कालाई फैसला कार्यान्वयन लागी ललितपुर जिल्ला अदालतमा पेस गरेको ब्यूरोले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
असार ९, २०७९ बिहीबार १७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।