पोखरा र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस

पोखराः गण्डकी प्रदेशको राजधानी पोखरालगायत आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार बिहान ३ बजेर ५६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयले बताएका छन्।
धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीका अनुसार धक्का ठूलो भए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।
असार ९, २०७९ बिहीबार ०७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।