अफगानिस्तान भूकम्प अपडेटः ९ सय बढीको मृत्यु, प्रभावित क्षेत्रमा उद्धार टोली पुग्यो

अफगानिस्तान भूकम्प अपडेटः ९ सय बढीको मृत्यु, प्रभावित क्षेत्रमा उद्धार टोली पुग्यो

एजेन्सी : अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा ९२० जनाको मृत्यु हुनुका साथै ५ सय बढी घाइते भएको राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ। 

सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २५५ जनाको ज्यान गएको पछिल्लो स्थानीय स्रोतलाई उद्धृत समाचार समितिले जानकारी दिएको छ। भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन्। 

भूकम्प  ६.१ म्याग्निच्युड भएको जनाइएको छ। भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ। भूकम्पको कारण  यस क्षेत्रका दर्जनौं घरमा क्षति पु¥याएको छ भने पक्टिका प्रान्तमा पहिरो गएको स्थानीय स्रोतले जनाएको छ।

असार ८, २०७९ बुधबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।