रवि लामिछानेको स्वतन्त्र पार्टीविरुद्ध आयोगमा छुट्टाछुट्टै उजुरी

रवि लामिछानेको स्वतन्त्र पार्टीविरुद्ध आयोगमा छुट्टाछुट्टै उजुरी
तस्बिर: मनोज पण्डितको फेसबुकबाट

काठमाडौंः रवि लामिछानेको नवघोषित दल 'राष्ट्रिय स्वतन्त्र पार्टी'विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। लामिछानेले आयोगमा दल दर्ताको लागि दिएको निवेदन खारेजीको माग गर्दै आज उजुरी परेको हो।

स्वतन्त्र उम्मेदवारी अभियान नामक संगठनले दल दर्ताको खारेजीको माग गरेको हो। यस्तै अर्का स्वतन्त्र उम्मेदवार तथा फिल्म निर्देशक मनोज पण्डितले पनि 'राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता रोकिपाउँ' भन्दै निवेदन दिएका छन्।

लामिछानेको स्वतन्त्र पार्टीको नामसँग विभिन्न स्थानबाट उम्मेदवारी दिन गइरहेका आफूजस्ता उम्मेदवारको विमति रहेको भन्दै पण्डितसहित अरू तीन जनाले निवेदन दिएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवारी अभियानका सञ्योजक डम्बर शाहुले उम्मेदवारी दिने तयारी गरेका वास्तविक स्वतन्त्र उम्मेदवारमाथि गम्भीर आघात पुगेको भन्दै आयोगलाई पार्टीको नाममा रहेको स्वतन्त्र शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरेका छन्।

असार ८, २०७९ बुधबार १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।