पिपुल्स पावरको आईपीओ खुला

पिपुल्स पावरको आईपीओ खुला

काठमाडौंः पिपुल्स पावर लिमिटेडले आईपीओ बिक्री खुला गरेको छ। आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि कम्पनीले शेयर बिक्री खुला गरेको हो।

कम्पनीले आजदेखि रु ६ करोड ३२ लाख ६० हजार मूल्य बराबरको ६ लाख ३२ हजार ६०० कित्ता आईपीओ बिक्री खुला गरेको छ।

आयोजनाबाट असर पर्ने इलाम जिल्लाको इलाम नगरपालिका– १ र ४ का बासिन्दालाई एक लाख ८९ हजार ७८० कित्ता र ती वडा बाहेक इलाम जिल्लाका बासिन्दाका लागि चार लाख ४२ हजार ८२० कित्ता शेयर खरिदका लागि आवेदन माग गरिएको छ।

लगानीकर्ताले आगामी असार २२ गतेसम्म उक्त माग बमोजिम शेयर खरिदका लागि आवेदन दिन सक्ने र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी साउन ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका १ र ४ मा पर्ने पुवा खोलामा ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

असार ८, २०७९ बुधबार १२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।