रोल्पामा युवती मृत फेला, सर्पले टोकेको हुनसक्ने आशंका

रोल्पाः एक युवती मृत फेला परेकी छिन्। रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक मृत फेला परेकी हुन्।
विक सुतेको कोठामा सर्प समेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशङ्का गरिएको छ।
मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्युटीपार्लर तालिममा सहभागी थिइन्। उनी कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन्।
असार ८, २०७९ बुधबार १०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।