२२ वर्षपछि अष्ट्रेलियाविरुद्धको श्रृङ्खला जित्यो श्रीलङ्काले

एजेन्सीः अष्ट्रेलिया र श्रीलङ्काबीच जारी पाँच खेलको एकदिवसीय श्रृङ्खलामा श्रीलङ्काले उपाधि कब्जा गरेको छ। एक खेलअगावै श्रीलङ्का विजयी भएको हो।
गए राति सम्पन्न चौथो एकदिवसीयमा श्रीलङ्काले अष्ट्रेलियालाई चार रनले हराउँदै ३-१ ले श्रृङ्खला जितेको हो। योसँगै श्रीलङ्काले होम ग्राउण्डमा अष्ट्रेलियाविरुद्धको श्रृङ्खला २२ वर्षपछि जितेको हो। अन्तिम पटक श्रीलङ्काले सन् २०१० मा श्रृङ्खला जितेको थियो।
पहिले ब्याटिङ गरेर श्रीलङ्काले २५८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले २५४ रन मात्र बनायो।
अष्ट्रेलियाले विकेट जोगाउन नसक्दा पकडमै रहेको खेल गुमाएको हो।
श्रीलङ्काका लागि चरिथ असालाङ्काले ११० रनको पारी खेले। अष्ट्रेलियाका डेभिड वार्नर शतक बनाउन एक रनले चुके।
यी दुई टोलीबीचको अन्तिम खेल शुक्रबार हुनेछ।
असार ८, २०७९ बुधबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।