टिपरको ठक्करबाट शंखरापुरमा पैदलयात्री महिलाको मृत्यु

टिपरको ठक्करबाट शंखरापुरमा पैदलयात्री महिलाको मृत्यु

काठमाडौंः शंखरापुर नगरपालिका- १ देउराली भञ्ज्याङमा गए राति टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो। 

प्रदेश-३-०१-००६ख ३४७४ नम्बरो टिपरले गए राति ९ बजे दनुवारलाई ठक्कर दिएको हो। टिपर चालकलाई ईलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ।

असार ८, २०७९ बुधबार ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।