पैसै नभएको बैंक खाताबाट १० जनालाई दुई करोड ३२ लाख बाँड्न खोजेपछि..

पैसै नभएको बैंक खाताबाट १० जनालाई दुई करोड ३२ लाख बाँड्न खोजेपछि..

काठमाडौंः प्रहरीले बैंकिङ कसूर गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन्। 

महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मङ्गलबार घिमिरेलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।

घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी रु दुई करोड ३२ लाख ४० हजार बराबरको बैंकिङ कसूर गरी फरार रहेका थिए। पक्राउ गरेर घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

असार ८, २०७९ बुधबार ०७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।