मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ।
यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो। मूल्य वृद्धिको विरुद्ध अनेरास्ववियुले भोलि (बुधबार बिहान) देशैभरको क्याम्पसमा मुखमा कालो टेप लगाएर प्रदर्शन गर्ने पनि जनाएको छ।
सरकारले सोमबाबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको थियो।
असार ७, २०७९ मंगलबार २१:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।