डडेल्घुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु, दुई घाइते

डडेल्घुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु, दुई घाइते

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–११ मा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। 

पातल खोला तर्ने क्रममा परशुराम–११ स्थित पशुपतिनाथ प्राथमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत पाँच वर्षीय नीराजन बोहराको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए। उनी विद्यालयबाट घर फर्किंदै थिए। 

खोला तर्ने क्रममा सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत गोपाल साउद तथा कक्षा ८ मै अध्ययनरत रेसम साउद घाइते भएका छन्। बोहरालाई पिठ्यूमा राखी खोला तार्ने क्रममा गोपाल घाइते भएको प्रधानाध्यापक जोशीले जानकारी दिए। घाइते दुवैको स्थानीयवासीले उद्धार गरेका थिए। 
 

असार ७, २०७९ मंगलबार २०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।