बल्ल बढ्यो शेयर बजार, १ सय ८९ कम्पनीको सेयर मूल्य बढ्यो

बल्ल बढ्यो शेयर बजार, १ सय ८९ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौँ : निरन्तर ओरालो लागिरहेको सेयर बजार मङ्गलवार ३७.४९ अङ्कले बढेको छ। दोस्रो बजारमा कुल २ सय ३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब २५ करोड ३७ लाख पुग्यो।

नेप्से ३७.४९ अंक बढेर १९२२.३० विन्दुमा पुग्दा सेन्सेटिभ इण्डेक्स ८.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक बढेको छ।

मङ्गलवारको कारोबारमा सबै उपसमूह बढेर हरियाली भएको थियो। मङ्गलवारको कारोबारमा १ सय ८९ कम्पनीको सेयर मूल्य बढेको छ। आधा दर्जन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भयो।

आँधी खोला र सीवाईसी लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढेको छ। सप्तकोसी विकास बैङ्कको सेयर मूल्य दोस्रो बजारमा ९.९८ प्रतिशतले बढ्यो। धेरै कारोबार हुने कम्पनीहरूमा नेपाल टेलिकम, नबिल बैङ्क, अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्स लगायतका छन्।

ती कम्पनीको सेयर ११ करोड ७२ लाख, ४ करोड ३२ लाख, ३ करोड ४४ लाख र ३ करोड २५ लाखको कारोबार भएको छ। नबिल बैङ्क ब्यालेन्स फण्ड-२ र तेह्रथप पावर कम्पनीको सेयर भने धेरै घट्नेको सूचीमा पर्यो। 

असार ७, २०७९ मंगलबार १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।