रवी लामिछानेको पार्टीको  प्रस्तावित चुनाव चिन्ह घण्टी, निर्वाचन क्षेत्र घोषणा गरेनन्

रवी लामिछानेको पार्टीको  प्रस्तावित चुनाव चिन्ह घण्टी, निर्वाचन क्षेत्र घोषणा गरेनन्

काठमाडौँ : रवी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै प्रस्तावित चुनाव चिन्ह घण्टी रहने बताए। उनले भ्रष्टहरूको कानमा घण्टी बजाउने दाबी गर्दै आजै निर्वाचन आयोगमा गएर प्रस्तावित पार्टीको नाम दर्ताका लागि निवेदन दिने बताए। कार्यक्रममा उनले झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ भन्दै भने 'म चुनाव लड्न डराएको हैन। हार्ने अनि लड्ने सुविधा छैन। राजनीति राजनीति जसरी नै गर्नुपर्ने रैछ।'

उनले ती क्षेत्रहरूमा सत्तामा रहेकाहरूले कसरी निर्वाचन गर्छन् भन्ने देखेकाले तत्काल ती क्षेत्रबाट उम्मेदवार नबन्ने बताएका थिए। उनले एक जनालाई संसद् छिर्नबाट आफूले रोक्ने भन्दै उनले यो बेतिथिको मेन स्विच अफ गरौँ भने तर कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने घोषणा गरेनन्। 

उनले कार्यक्रममा जान्नेलाई छान्ने अभियान अगाडि बढाउने बताए। उनले आजै निर्वाचन आयोगमा गएर पार्टी दर्ताका लागि औपचारिक निवेदन दिने बताए। आजै पार्टीको बैठक राखेर २१ जनाको समूह बनाएको उनले बताए। उनले टिममा देशले चिनेकाहरू राख्न नपाएको र राख्न नभ्याएको दाबी गरे।

असार ७, २०७९ मंगलबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।