रवीको अजेण्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

रवीको अजेण्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौँ : रवी लामिछानेले आफ्नो अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल घोषणा गर्दै आफ्नो पार्टीको अजेण्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताएका छन्। उनले पार्टीमा कसैले कसैको झोला बोक्नु नपर्ने र पार्टी सदस्य समेत नबनाउने दाबी गरेका छन्।

उनले पार्टीभित्र राइट टु रिजेक्टको नीति लागु गर्ने, डिजिटल डेमोक्रेशीको अभ्यास गर्ने, परिवारवादलाई पूर्ण रूपमा निषेध गर्ने घोषणा गर्दै उनले भने' केन्द्रीय समितिमा कुनै पनि नातेदार दोहोरिने छैनन्। एउटै पार्टीबाट एकै परिवारका २ व्यक्तिले लाभ पाउन सक्ने छैनन्।'

उनले आफ्नो दलको भातृ सङ्गठन नहुने र कार्यकर्ता समेत नहुने भन्दै शुभेच्छुकहरूको जिम्मेवारी मत दिएर जिम्मेवारी दिने मात्र रहेको बताएका छन्। उनले आफ्नो पार्टीले कुनै उद्योगी र व्यापारीसँग चन्दा नलिने घोषणा समेत गरेका छन्। 'चन्दाको गन्दा धन्दा हामी कहिले गर्ने छैनौँ। सर्वसाधारणबाट चन्दा उठाउने छौँ।'

असार ७, २०७९ मंगलबार १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।