रवी लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ : रवी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन्। उनले राष्ट्रिय सभामा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको नाम घोषणा गरेका हुन्।
उनले आफ्नो पार्टीमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूलाई आउन आग्रह गर्दै आफूले नेतृत्व गर्न नसके पार्टीको नेतृत्व ओगटेर नबस्ने दाबी समेत गरे। उनले कार्यक्रममा समानुपातिक मत दिएर आफ्ना पार्टीलाई मत दिन आग्रह गरेका छन्। उनले उम्मेदवार चयनमा अमेरिकी शैली अपनाउँदै सदस्यहरुबाट प्राइमरी निर्वाचन गरेर निर्वाचित भएर आउनेहरुले मात्र उम्मेदवार बन्न पाउने, ५१ प्रतिशत युवा अनिवार्य हुने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने लगायतका अजेण्डाहरु सार्वजनिक गरेका छन्।
उनले पार्टीभित्र राइट टु रिजेक्टको नीति लागु गर्ने, डिजिटल डेमोक्रेशीको अभ्यास गर्ने, परिवारवादलाई पूर्ण रूपमा निषेध गर्ने घोषणा गर्दै उनले भने' केन्द्रीय समितिमा कुनै पनि नातेदार दोहोरिने छैनन्। एउटै पार्टीबाट एकै परिवारका २ व्यक्तिले लाभ पाउन सक्ने छैनन्।'
उनले आफ्नो दलको भातृ सङ्गठन नहुने र कार्यकर्ता समेत नहुने भन्दै शुभेच्छुकहरूको जिम्मेवारी मत दिएर जिम्मेवारी दिने मात्र रहेको बताएका छन्। उनले आफ्नो पार्टीले कुनै उद्योगी र व्यापारीसँग चन्दा नलिने घोषणा समेत गरेका छन्। 'चन्दाको गन्दा धन्दा हामी कहिले गर्ने छैनौँ। सर्वसाधारणबाट चन्दा उठाउने छौँ।'
असार ७, २०७९ मंगलबार १३:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।