राष्ट्रिय झन्डालाई गलबन्दी बनाएर मञ्चमा आएका रवी लामिछानेले भने'कुनै राजनीतिक दलमा प्रवेश गर्दिन
काठमाडौँ : टेलिभिजन छाडेर राजनीतिमा आएका रवी लामिछानेले विभिन्न दलहरूसँग संवाद गरे पनि आफू कुनै राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन्। भासिएको स्वरसहित राष्ट्रिय सभामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा दर्ता भएका कुनै पनि दलमा सहभागी नहुने घोषणा गरेका हुन्।
उनले कार्यक्रममा आफू स्वतन्त्र उम्मेदवार पनि नबन्ने घोषणा गर्दै नयाँ दल दर्ता गर्ने घोषणा गरेका छन्। कार्यक्रममा रवी दाई हाइहाईको नारा लगाउँदा उनी मुसुक्क हासिरहेका देखिन्थे।
असार ७, २०७९ मंगलबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।