हिमालयन हाइड्रोपावरको आईपीओ असार १५ मा

हिमालयन हाइड्रोपावरको आईपीओ असार १५ मा

काठमाडौंः हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही असार १५ गतेदेखि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले नौ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको सार्वजनिक आह्वान पत्रमा उल्लेख छ।

कम्पनीले निष्काशन गर्ने कुल शेयरमध्ये ३९ हजार ३६५ कित्ता कर्मचारीहरू र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ।

त्यसमा बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरमा सर्वसाधारणले असार १९ सम्म आवेदन दिन पाउने तथा निष्काशन बमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म कम्पनीको आईपीओ बिक्री खुला रहनेछ।

कम्पनीले कास्कीको मादी गाउँपालिकामा रहेको मादी नदीमा ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ। कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी– आइआर बी प्लस’ ग्रेडिङ प्रदान गरेको छ।

असार ७, २०७९ मंगलबार १२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।